९ मंसिर, २०८१ आइतबार

01:23:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेसनल माइक्रोफाइनान्सको संस्थापक सेयर पुनः लिलामीमा

Nepal Business

१६ साउन, २०७९

नेसनल माइक्रोफाइनान्सको संस्थापक सेयर पुनः लिलामीमा

काठमाण्डौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर पुनः लिलामीमा बिक्री खुला गरेको छ । आज सोमबारबाट कम्पनीले ७९ हजार ८७३ कित्ता संस्थापक सेयर पुनः लिलामीमा बिक्री खुला गरेको हो ।

न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ७५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ७५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । 

 उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक, व्यक्ति, कम्पनी वा संस्थाले साउन २२ गतेसम्म एनआइबीएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेश गर्न सक्नेछन् ।