९ मंसिर, २०८१ आइतबार
01:07:01 PM
१६ साउन, २०७९
काठमाण्डौं । सयपत्री हाइड्रोपावरको आइपीओमा १ अर्ब २१ करोड ५१ लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।सोमबार आज बिहान १०ः२० बजेसम्ममा १० लाख ६१ हजार ५९५ जनाले १ करोड २१ लाख ५१ हजार ३४० कित्ताका लागि आवेदन परेको सीडीएसले जनाएको छ ।
यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १८.१२ गुणा बढी आवेदन हो ।
सयपत्रीले साउन १३ गतेदेखि आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरेको हो । यसमध्ये ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जानकारी गराएको छ ।
यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । यसमा मंगलबार (साउन १७ गते) सम्म आवेदन दिन पाइनेछ । आइपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै, मेरोसेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
यो आइपीओमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ ।