७ जेठ, २०८१ सोमबार

06:31:48 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अपर तामाकोसीले साधारणसभा बोलायो, बुक क्लोज कहिले ?

Nepal Business

१६ साउन, २०७९

अपर तामाकोसीले साधारणसभा बोलायो, बुक क्लोज कहिले ?

काठमाण्डौं । अपर तामाकोसी हाइड्रोपावरले भदौ ३ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारणसभाको सूचना जारी गरेको हो । 

साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे हुनेछ । साधारणसभाका लागि साउन १८ गते बुक क्लोज हुने भएकाले मंगलबारसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनी समूहबाट एक महिलासहित चारजना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि छ ।

यस्तै साधारणसभामा अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा दोलखा जिल्लाका सामाजिक संस्थाहरुलगायत अन्य संस्थालाई दिइएको सहयोग रकम अनुमोदन गर्ने एजेन्डा रहेको छ ।