९ मंसिर, २०८१ आइतबार

01:25:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रि–ओपनिङमा सेयर बजार १०.६६ अंकले बढ्यो

Nepal Business

१६ साउन, २०७९

प्रि–ओपनिङमा सेयर बजार १०.६६ अंकले बढ्यो

काठमाण्डौं । प्रि–ओपनिङ सेशनमा सेयर बजार सोमबार दोहोरो अंकले बढेको छ । यस सेशनमा सेयर बजार १०.६६ अंकले बढेर नेप्से परिसूचक २ हजार २०५ विन्दुमा पुगेको छ । 

नेप्से बढ्दा १५ लाख ९८ हजार ९४९ रुपैयाँको कारोबार भएको छ भने ३ हजार ४७ कित्ता सेयर किनबेच भएका छन् । 

यस्तै उपसमुहरुमा माइक्रोफाइनान्स बाहेक सबै बढेका छन् । माइक्रोफाइनान्स ०.०७ प्रतिशतले घटेको छ । कम्पनीहरुमा नेपाल इन्स्यारेन्स ६.०२ प्रतिशत, आइएमई जनरल इन्स्यारेन्स ५.१५ प्रतिशत र पाँचथर मावर कम्पनी ३.९६ प्रतिशतले उकालो लागिरहेका छन् ।