८ बैशाख, २०८१ शनिबार

08:11:59 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल इयूको उडान सुरक्षा सूचीबाट छिट्टै हट्ने विस्वास

Nepal Business

१५ साउन, २०७९

उहाँले सम्बन्धित पक्षले प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट पठाउँछाँै भनिसकेको उल्लेख गर्दै त्यसपछि नेपाल कालोसूचीबाट हट्ने बताउनुभयो

नेपाल इयूको उडान सुरक्षा सूचीबाट छिट्टै हट्ने विस्वास

काठमाडौँ,
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई क्षेत्रलाई छिट्टै उडान सुरक्षा सूचीबाट हटाउने बताउनुभएको छ । 

नेपाल नागरिक उडड्यन प्राधिकरणले आइतबार आयोजना गरेको ‘आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रमसम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा उहाँले  छिट्टै नेपाललाई इयूले उडान सुरक्षा सूचीबाट हटाउने विश्वास व्यक्त गर्नुभयो । \

मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले हालै गरेको अडिटअनुसार नेपालको हवाई क्षेत्रले राम्रो प्रगति गरेको बताउनुभयो । 

उहाँले सम्बन्धित पक्षले प्राधिकरणलाई पत्राचार गरेर अनसाइट अडिट पठाउँछाँै भनिसकेको उल्लेख गर्दै त्यसपछि नेपाल कालोसूचीबाट हट्ने बताउनुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, “इयूको लिस्टेडबाट नेपाललाई हटाउनुपर्छ त्यसका लागि हामीले उच्च प्राथमिकतासहित काम अगाडि बढाउनुपर्छ । 

आइकाओको अडिटबाट हामीले जुन पोजिशन पाएका छौँँ, अब उनीहरुले हामी सहकार्य गर्न चाहन्छौँ । पार्टनरसिपमा हामी जान चाहन्छौँ । 
त्यसैले हामी अनसाइट अडिट पठाउँछौँ भन्ने कुरा लेटर हाम्रो क्यानको महानिर्देशकलाई सम्बोधन गरेर पठाएको छ । मलाई लाग्छ यो हाम्रो लागि खुशीको कुरा हो ।”