२ असोज, २०८१ बुधबार
07:05:47 AM
५ फागुन, २०७९
कार्यक्रममा रुसका लागि नेपाली राजदूत मिलनराज तुलाधरले नेपालमा रुसी पर्यटक तथा पर्यटन व्यवसायीका लागि बहुआयामिक अवसर रहेको र त्यसको सदुपयोग गर्न अनुरोध गर्नुभएको थियो ।
नेपाली पर्यटन, आर्थिक कूटनीतिका अवसरहरुलगायत समग्र नेपालको प्रवर्द्धन गर्ने हेतुले आज नेपाली राजदूतावास मस्कोमा ‘नेपाल प्रमोसन इभेन्ट, २०२३’ कार्यक्रम गरिएको छ ।
कार्यक्रममा मस्कोका प्रतिष्ठित रूसी पर्यटन व्यवसायी, नेपालमा उडान गर्ने तथा उडान गर्न इच्छुक विभिन्न एअरलाइन्सका प्रतिनिधि, पर्यटन पत्रकार, हिमाल आरोही, कूटनीतिज्ञ, व्यवसायी, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिलगायतको सहभागिता रहेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ ।
कार्यक्रममा मस्कोका प्रतिष्ठित रूसी पर्यटन व्यवसायी, नेपालमा उडान गर्ने तथा उडान गर्न इच्छुक विभिन्न एअरलाइन्सका प्रतिनिधि, पर्यटन पत्रकार, हिमाल आरोही, कूटनीतिज्ञ, व्यवसायी, गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिलगायतको सहभागिता रहेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ ।
कार्यक्रममा रुसका लागि नेपाली राजदूत मिलनराज तुलाधरले नेपालमा रुसी पर्यटक तथा पर्यटन व्यवसायीका लागि बहुआयामिक अवसर रहेको र त्यसको सदुपयोग गर्न अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा अतिथि वक्ताका रूपमा सोभियत हिरो तथा कस्मोनाट भ्लादमीर अलेक्जेड्रोभिच द्जानिबेकोभ, नेपालका लागि रूसी महासङ्घका पूर्वराजदूत भ्लाच्किन सेर्गेइ भासिलिभिच, गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा बद्री केसी, गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रुसका अध्यक्ष शिवमणि भुर्तेल, रूसी आरोही इभान ट्रफिमोभिच दुसारिनलगायतले नेपालको पर्यटन, हिमाल आरोहण, संस्कृतिलगायत विविध पक्षको सम्भावना तथा वर्तमान अवस्थाबारे चर्चा गर्नुभएको थियो ।
नेपालमा रूसी पर्यटक पठाउने अग्रणी पर्यटन व्यवसायी लिओनिद माइस्निकोभ एवं सेर्गेइ पेस्किेभिचले नेपाल प्रवर्द्धनसम्बन्धी भिडियो तथा अन्य सामग्री प्रस्तुत गर्नुभएको थियो । रूसी बैंकर तथा व्यवसायी युरिय गुसेभले नेपालमा लगानीको अवसरको विषयमा प्रस्तुति दिनुभएको दूतावासले जनाएको छ ।