८ मंसिर, २०८१ शनिबार
05:19:29 PM
१५ साउन, २०७९
“यो केन्द्रमा धेरै बाढी आएको बेला गेग्राङहरु थेग्राउने र काठ दाउरा निकाल्न मिल्ने गरी दुई गेट रहेकोले हाल पूर्ण क्षमतामा नै उत्पादन भइरहेको छ”, उहाँले भन्नुभयो ।
तनहुँ,
तनहुँको आँबुखैरेनीस्थित मस्र्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ । ६९ मेगावाट क्षमताको आयोजनाले सोही क्षमतामा नै विद्युत् उत्पादन गरिरहेको हो ।
यसअगाडि क्षमताभन्दा कम विद्युत् उत्पादन भएकामा केही दिनदेखि वर्षा भएको र हिमाल पग्लिएर नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको मस्र्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख बद्री फुयाँलले जानकारी दिनुभयो । उहाँका अनुसार तीन युनिटबाट २३/२३ गरी ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
यसअगाडि क्षमताभन्दा कम विद्युत् उत्पादन भएकामा केही दिनदेखि वर्षा भएको र हिमाल पग्लिएर नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको मस्र्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख बद्री फुयाँलले जानकारी दिनुभयो । उहाँका अनुसार तीन युनिटबाट २३/२३ गरी ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
“यो केन्द्रमा धेरै बाढी आएको बेला गेग्राङहरु थेग्राउने र काठ दाउरा निकाल्न मिल्ने गरी दुई गेट रहेकोले हाल पूर्ण क्षमतामा नै उत्पादन भइरहेको छ”, उहाँले भन्नुभयो ।
मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी हो । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ पनि बढी पग्लिने र वर्षा धेरै हुँदा नदीमा मिसिने अन्य खोलानाला पानी धेरै हुने भएकोले नदीमा पानीको बहाव बढ्दा उत्पादन बढेको केन्द्रले जनाएको छ ।