९ मंसिर, २०८१ आइतबार
01:52:01 PM
१५ साउन, २०७९
काठमाण्डौं। गरिमा विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। आइतबार बैंकको ६३ लाख १७ हजार ९२।९६ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
सूचीकृत भएको उक्त बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि दोस्रो बजारमा काारेबार गर्न सकिन्छ। बैंकले गत चैत्र १८ गते शुक्रबार सम्पन्न १५ औँ वार्षिक साधारण सभाबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो।
बैंकको संचालक समितिले प्रस्ताव गरे बमोजिम सहारा विकास बैंकलाई प्राप्ति गरेपछि कायम चुक्ता पुँजी ३ अर्ब ९४ करोड ८१ लाखको १६ प्रतिशतले हुन आउने ६३ करोड १७ लाख बराबरको बोनस सेयर विरतण गर्ने विशेष प्रस्ताव पारित गरेको हो।
बोनस सेयर वितरणपछि हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ५७ करोड ९८ लाख ९२ हजार पुगेको छ।