२० कार्तिक, २०८१ मंगलबार
10:11:48 PM
१५ साउन, २०७९
काठमाण्डौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल देखिएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.५८ अकंले बढेर २१९५.१० बिन्दुमा बन्द भएको छ ।आइतबार आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको १ अर्ब १३ लाख ३९ हजार ४८६ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार २७१ रुपैयाँको कारोबार भएको हो ।
अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१६ कम्पनीको ५१ लाख ११ हजार ३१० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १९ करोड १६ लाख १९ हजार ९१४ रुपैयाँको कारोबार भएको थियो।
नेप्सेमा आकर्षक सुधार आउदा आज सिमेन्ट सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज २१ करोड ३४ लाख १६ हजार रुपैयाँको कारोबार भएको हो ।
यस्तै नेपाल टेलिकमको १५ करोड २३ लाख २० हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको ११ करोड ५४ लाख ७४ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको १० करोड ३७ लाख ७३ हजार रुपैयाँ र नेशनल हाइड्रोपावरको ९ करोड ७९ लाख १३ हजार रुपैयाँको कारोबार भएको हो ।