९ मंसिर, २०८१ आइतबार
01:12:27 PM
१५ साउन, २०७९
काठमाण्डौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ५४.५८ अंकले बढेर नेप्से परिसूचक ३१ सय ९५.१० विन्दुमा पुगेर बन्द भएको छ ।
सेयर बजार बढ्दा आज ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ रुपैयाँको कारोबार भएको छ भने १ करोड १३ लाख ३९ हजार ४७६ कित्ता सेयर किनबेच भएका छन् ।
यस्तै उपसमुहतर्फ फाइनान्स बाहेक सबै बढेका छन् फाइनान्स १.६ प्रतिशतले घटेको छ । आज ५ वटा बीमा कम्पनीहरुमा सकरात्मक सर्किट ब्रेक लागेको छ । सकरात्मक सिर्कट ब्रेक लाग्नेमा नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रोडेन्टिएल इन्स्योरेन्स र एनआईजी इन्स्योरेन्स रहेका छन् ।
यसैगरी युनाइटेड आईडीआई आरबी हाइड्रोपावर ९.९९ प्रतिशत, स्वभिमान लघुवित्त वित्तीय संस्था र युनाइटेड इन्स्योरेन्स ९.९८ प्रतिशतले बढेका छन् ।