९ मंसिर, २०८१ आइतबार

01:46:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

घोराही सिमेन्ट कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दियो निवेदन

Nepal Business

१५ साउन, २०७९

घोराही सिमेन्ट कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दियो निवेदन

काठमाण्डौं । घोराही सिमेन्ट इन्डस्ट्रीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३ अर्ब ४४ करोड रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने भएको हो । घोराही सिमेन्टले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँको आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति माग्दै निवेदन दिएको छ । 

घोराही सिमेन्टले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ बिक्री गर्नेछ । जसमा स्थानीयका लागि ३ लाख ९७ हजार १९० कित्ता र सर्वसाधारणका लागि ७५ लाख ४६ हजार ६११ कित्ता छुट्याइएको छ।

सेबोनले अनुमति दिएमा घोराही सिमेन्टले अंकित मूल्यमा प्रिमियम रकम थप गरी स्थानीयलाई प्रतिकित्ता ४०० रुपैयाँमा र सर्वसाधारणलाई प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ बिक्री गर्नेछ । 
घोराही सिमेन्टको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।