९ मंसिर, २०८१ आइतबार

01:09:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमाल दोलखा हाइड्रोपावरको कारोबार तीन दिनका लागि रोक्का, किन भयो कारोबार रोक्का ? (सूचनासहित)

Nepal Business

१५ साउन, २०७९

हिमाल दोलखा हाइड्रोपावरको कारोबार तीन दिनका लागि रोक्का, किन भयो कारोबार रोक्का ? (सूचनासहित)

काठमाण्डौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।  सेयर कारोबार भइरहेको समयमा सेयरधनीलाई १ः०.७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भन्दै सूचना प्रकाशित गरेकाले कारोबार रोक्का गरेको नेप्सेले जानकारी दिएको हो । 

नेप्सेका अनुसार कम्पनीले साउन १३ गते कारोबार समय भित्र सञ्चालन समितिको बैठकले सेयर धनिलाई १ः०.७५ प्रतिशत हकप्रद सेयर दिने विशेष प्रस्ताव २ बजेर ५२ मिनेटमा जानकारी गराएको भन्दै स्पष्टिकरण सोधेको छ ।

यस्तै नेप्सेले तीन दिनका लागि कम्पनीको कारोबार रोक्का समेत गरेको छ । तीन दिन भित्र कम्पनीले के कारण नेप्सेको कारोबार समय भित्र सञ्चालन समितिको बैठकले आफ्ना सेयर धनीहरुलाई हकप्रद सेयर दिने विशेष प्रस्ताव गरेको हो ? र सेयरधनी दर्ता किताबको सूचना के कति कारणबाट नेप्सेमा ७ दिन अघि नै जानकारी नगराएको हो ? भन्दै तीन दिन भित्र जवाफ पठाउन नेप्सेको सूचनामा उल्लेख छ ।