८ बैशाख, २०८१ शनिबार

08:37:22 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महिन्द्राको नयाँ स्कर्पियो–एनको बुकिङ खुल्ला भएको आधा घण्टामै १ लाख बुकिङ

Nepal Business

१५ साउन, २०७९

महिन्द्राको नयाँ स्कर्पियो–एनको बुकिङ खुल्ला भएको आधा घण्टामै १ लाख बुकिङ

एजेन्सी । महिन्द्राको नयाँ स्कर्पियो–एन बुकिङ खुल्ला भएको आधा घण्टामै १ लाख बुकिङ भएको छ । स्कर्पियो–एनको बिक्री मूल्य १ खर्ब ८० अर्ब भारतीय रुपैयाँ बराबर हुने छ ।

नेपाली रुपैयाँमा २ खर्ब ८८ अर्ब बराबरको रकम हो । भारतमा अहिलेसम्मको रेकर्ड ब्रेक बुकिङमा महिन्द्राको नयाँ स्कर्पियो–एनले राखेको हो ।

नयाँ महिन्द्रा स्कर्पियो–एनकाको डिलिवरी सेप्टेम्बरबाट सुरु हुनेछ । २५ हजार बुकिङसम्म कम्पनीले छुट दिएको जनाएको छ । नयाँ स्कर्पियो–एनको शोरुमको मूल्य ११ लाख ९९ हजार भारतीय रुपैयाँ रहेको छ ।

यसको फिचरको आधारमा २१ लाख ४५ हजार भारतीय मूल्यसम्म तोकिएको छ । कम्पनीले डिसेम्बरसम्म २० हजारभन्दा बढी गाडी डेलिभरी गर्ने योजना बनाएको छ ।
कम्पनीले स्कर्पियो–एनलाई आधुनिक डिजाइनमा बनाएको दाबी गरेको छ ।

यसको साइज पनि पुरानो स्कोर्पियोभन्दा ठूलो छ । महिन्द्राले आफ्नो नयाँ स्कोर्पियोमा धेरै उत्कृष्ट सुविधा थपेको जनाएको छ । यसमा सबैभन्दा बढी चर्चा भने सनरुफ छ । यसले टाटा सफारी र जिप कम्पाससँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।