२१ बैशाख, २०८१ शुक्रबार

12:16:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतीय इलेक्ट्रिक बाइक ‘ईट्रिस्ट ३५०’ को नेपालमा बुकिङ खुल्ला, मूल्य कति ?

Nepal Business

२७ असार, २०७९

भारतीय इलेक्ट्रिक बाइक ‘ईट्रिस्ट ३५०’ को नेपालमा बुकिङ खुल्ला, मूल्य कति ?

काठमाडौं । इलेक्ट्रिक ब्रान्ड प्योर इभीको नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले भारतीय इलेक्ट्रिक बाइक ‘ईट्रिस्ट ३५०’का लागि पि–बुकिङ खुला गरेको छ । 

कम्पनीले सो बाइक आगामी दुई साताभित्र नेपाल आउने जानकारी दिएको हो । कम्पनीका अनुसार कम्पनीले यस बाइकको मूल्य नेपालमा ३ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ ।  नक्सालमा रहेको आफ्नो मुख्य शोरुममार्फत यसको टेस्ट राइड समेत गर्न सकिने कम्पनीले जनाएको छ ।

यो बाइकमा ७ इन्चको एलइडी डिजिटल डिस्प्ले, एलइडी हेडल्याम्प र एलइडी डिआरएलएस दिइएको छ । यसमा ३.५ किलोवाट क्षमताको लिथियम–आयोन ब्याट्री प्याक र ३.० विएलडिसी मोटर हव जडान गरिएको छ । जसको अधिकतम पावर ४.० किलोवाट, टर्क ६० एनएम र टप स्पिड ८५ किलोमिटर हुनेछ ।

यो इलेक्ट्रिक बाइकलाई ८४ भोल्टको चार्जरले ६ घन्टामा फुल चार्ज गर्न सकिन्छ । साथै यसले १४० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले दाबी गरेको छ । यसमा तीनवटा मोडहरु ड्राइभ, क्रसओभर र थ्रील रहेका छन्। यसले उकालो बाटोमा १६ डिग्रीसम्म चढ्न सक्छ भने यसको ग्राउन्ड क्लियरेन्स १९८ एमएम रहेको छ ।

यसको ब्याट्रीमा कम्पनीले ५ वर्षसम्मको वारेन्टी प्रदान गरेको छ । रिमोटबाटै स्टार्ट गर्न सकिने यसको अगाडि र पछाडि दुबै भागमा हाइड्रोलिक डुअल सस्पेन्सन दिइएको छ । १२० किलो वजन भएको यो बाइकले १६० किलोसम्मको तौल बोक्न सक्ने कम्पनीको दाबी गरिएको छ । यसमा रिजेनेरेटिङ ब्रेकिङ सिस्टम पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।