७ जेठ, २०८१ सोमबार

05:17:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विद्युत बिक्रीबाट आँखुखोला कम्पनीले २ करोड ४८ नाफा कमायो

Nepal Business

१५ साउन, २०७९

विद्युत बिक्रीबाट आँखुखोला कम्पनीले २ करोड ४८ नाफा कमायो

काठमाण्डौं । गत आर्थिक वर्षको असार मसान्तसम्ममा आँखुखोला जलविद्युत् कम्पनीले २ करोड ४८ लाख १३ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा २ हजार २५८.६५ प्रतिशत बढी हो।

अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा १० लाख ५२ हजार रुपैयाँ रहेको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै नाफामा उल्लेख्य सुधार देखिएको छ ।

कम्पनीका अनुसार अघिल्लो असार मसान्तसम्म विद्युत बिक्रीबाट हुने आम्दानी १९ करोड ३५ लाख रुपैयाँ रहेकोमा गत असार समान्तसम्म आइपुग्दा २२ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेपनि अन्य श्रोतबाट हुने आम्दानी भने घटेको छ । अघिल्लो वर्ष ९ लाख ३१ हजार रुपैयाँ रहेकामा असार मसान्तसम्म आइपुग्दा ७ लाख ९३ हजार रुपैयाँमा सिमिति भएको छ ।

प्रतिसेयर आम्दानी ३ रुपैयाँ १० पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ७० रुपैयाँ १८ पैसा रहेको छ । ८० करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष २३ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।