९ मंसिर, २०८१ आइतबार

01:32:50 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल फाइनान्सले पुनः हकप्रद सेयर बिक्री गर्दै

Nepal Business

१५ साउन, २०७९

नेपाल फाइनान्सले पुनः हकप्रद सेयर बिक्री गर्दै

काठमाण्डौं । नेपाल फाइनान्स लिमिटेडले पुनः हकप्रद सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समुहको ११ लाख ३४ हजार ७१६.१८७ कित्ता हकप्रद सेयर बोलकबोल मार्फत बिक्री गर्ने जानकारी दिएको हो । 

कम्पनीले  उक्त सेयर लिलाम बिक्रीका लागि गत असार १७ गतेबाट २४ गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरेको  थियो । उक्त समय बिक्री नभएको सो सेयर  पुनः बिक्री गर्न लागिएको हो । 

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाहरुले मूल्य बढाबढ गरी आवेदन दिन सक्नेछन् ।  बोलपत्र आवेदन फारम प्रभु क्यापिटलको केन्द्रीय कार्यालय, फाइनान्सको केन्द्रीय कार्यालय तथा तिनका शाखा कार्यालय र प्रभु बैंक लिमिटेडको शाखा कार्यालय वीरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी लगायत ठाउँहरुबाट प्राप्त गर्न तथा बुझाउन सकिने बताइएको छ।  

सेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम १  हजार कित्ता वा सोभन्दा बढी १० अंकले भाग जानेगरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिन्छ । 

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको हुँदा सो मूल्यभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले  जानकारी दिएको छ । शिलबन्दी बोलपत्र  साउन २३ गतेबाट भदौ  ६ गतेसम्म पेश गर्न सकिन्छ । 

यसअघि फाइनान्सले असार १७ गतेबाट आउन २४ गतेसम्म हकप्रद अन्तर्गत संस्थापक समुहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधरण समुहको ३ लाख २ हजार ६९६.०८८ कित्ता सेयरको बिक्री खुलाएको  थियो ।