७ जेठ, २०८१ सोमबार

05:31:55 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक वर्षमा नेशनल हाइड्रोपावरको खुद नोक्सान १ करोड ७४ लाख रूपैयाँले घट्यो

Nepal Business

१५ साउन, २०७९

एक वर्षमा नेशनल हाइड्रोपावरको खुद नोक्सान १ करोड ७४ लाख रूपैयाँले घट्यो

काठमाण्डौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको खुद नोक्सानीमा कमी आएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको खुद नोक्सानी १ करोड ७४ लाख रूपैयाँ रहेको छ ।

अघिल्लो वर्ष यस अवधिसम्म कम्पनी २ करोड २१ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो।

गत वर्ष कम्पनीले अघिल्लो वर्षभन्दा ९३.५० प्रतिशत बढी विद्युत विक्रीबाट आम्दानी गरेको छ । अघिल्लो वर्ष २ करोड ५४ लाख रूपैयाँभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले गत वर्ष ४ करोड ९१ लाख रूपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । 

वित्तीय खर्च पनि अघिल्लो वर्षभन्दा करिब ६२ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष १ करोड ५१ लाख रूपैयाँ वित्तीय खर्च भएको थियो भने गत वर्ष ५७ लाख रूपैयाँभन्दा बढी मात्र यो खर्च भएको हो।

१८.५२ प्रतिशत बोनस सेयर वितरण गरी कम्पनीको चुक्तापूँजी १ अर्ब ६४ करोड २५ लाख १६ हजार रूपैयाँ कायम भएको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८६ पैसा छ भने प्रतिसेयर नेटर्व १०० रूपैयाँ ९४ पैसा छ ।

कम्पनीका अनुसार जगेडा कोष रकम पनि अघिल्लो वर्षसम्म ३५ करोड ५१ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेकोमा गत वर्ष सुधारिएर १ करोड ७० लाख रूपैयाँभन्दा बढी कायम भएको छ ।