७ जेठ, २०८१ सोमबार

07:43:45 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भदौ ३ गते हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १३ औं र १४ औं वार्षिक साधारण हुँदै, बुक क्लोज कहिले ?

Nepal Business

१५ साउन, २०७९

भदौ ३ गते हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १३ औं र १४ औं वार्षिक साधारण हुँदै, बुक क्लोज कहिले ?

काठमाण्डौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले १३ औं र १४ औं संयुक्त वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साउन १४ गतेको सञ्चालक समितिको बैठकले भदौ ३ गते काठमाण्डौंमा बिहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । 

साधारण सभाले अघिल्ला दुई आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७८÷७९ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ६० करोड रूपैयाँको आधारमा ७५ प्रतिशत हकप्रद सेयर निष्कासनको विशेष प्रस्ताव पनि सभाका लागि तय गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर ०.७५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।

हकप्रद पश्चात चुक्तापूँजी २ अर्ब ८० करोड रूपैयाँ कायम हुने हुँदा सोही बमोजिमको प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव समेत सभाले पारित गर्नेछ । सभाले संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट दुई जना सञ्चालकहरूको नियुक्ती गर्ने कार्यक्रम समेत रहेको कम्पनीले जनाएको छ । 

साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन १९ गते एक दिन बुक क्लोज गर्ने मिति तय गरेको छ । बुक क्लोजको आधारमा साउन १८ गतेसम्म कायम सेयधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।