७ मंसिर, २०८१ शुक्रबार
06:26:13 AM
१४ साउन, २०७९
नेपाल राष्ट्र बैंकले साउन ६ गते आर्थिक वर्ष ७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको थियो । मौद्रिक नीतिपछिको एक सातामा नेप्से सूचक समग्रमा बढेको पाइएको छ ।
काठमाडौँ,
शेयर बजार परिसूचक नेप्से यो साता १२३.०६ अंकले बढेको छ । प्राप्त विवरण अनुसार कुल सातामा २० अर्ब ७१ करोडबढीको शेयर कारोबार भएको छ ।
साउन ८ गतेदेखि साउन १३ गतेसम्ममा कुल २० अर्ब ७१ करोड ४१ लाख ४३ हजार ४ सय १७ रुपैयाँ ९० पैसाको कारोबार भएको छ ।
साउन ८ गतेदेखि साउन १३ गतेसम्ममा कुल २० अर्ब ७१ करोड ४१ लाख ४३ हजार ४ सय १७ रुपैयाँ ९० पैसाको कारोबार भएको छ ।
कुल ६ कारोबार दिन मध्ये १ दिन बाहेकका अन्य सबै दिनमा नेप्से सूचक बढेको हो । साउन ८ गते आइतबार सूचक ६१.०५ अंकले बढ्यो भने कुल २ अर्ब ७० करोडको कारोबार भयो ।
त्यस्तै साउन ९ गते सूचक ५४.४५ अंकले बढ्यो भने ४ अर्ब ७ करोडको कारोबार भयो । साउन १० गते सूचक ४४.८० अंकले घट्यो भने ३ अर्ब ६७ करोडको कारोबार भयो । साउन ११ मा सूचक २३.८३ अंकले बढ्यो भने ३ अर्ब १५ करोडको कारोबार भयो ।
साउन १२ मा सूचक १५.४८ अंकले बढ्यो भने ४ अर्ब ९२ करोडको कारोबार भयो । साउन १३ गते सूचक १३.०५ अंकले बढ्यो भने २ अर्ब १८ करोडको कारोबार भयो ।
नेपाल राष्ट्र बैंकले साउन ६ गते आर्थिक वर्ष ७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको थियो । मौद्रिक नीतिपछिको एक सातामा नेप्से सूचक समग्रमा बढेको पाइएको छ ।