७ जेठ, २०८१ सोमबार

04:08:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सयपत्री हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?

१३ साउन, २०७९

सयपत्री हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओमा पहिलो दिनमा नै मागभन्दा बढी आवेदन परेको छ । कम्पनीले आज (साउन १३ गते शुक्रबार) देखि सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार अपरान्ह १ बजेसम्ममा कम्पनीको आईपीओमा २ लाख ४ हजार ९८९ आवेदनबाट २३ करोड ८४ लाख ३९ हजार रुपैयाँ बराबरको २३ लाख ८४ हजार ३९० कित्ता सेयरको लागि आवेदन परेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता सेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता सेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्काशन गर्न गरेको छ ।

जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी रहने ६ लाख ७० हजार ५८६ कित्ता साधारण सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै, मेरोसेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिनेछ।

 आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।