२० बैशाख, २०८१ बिहिबार

04:39:12 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

केबुलकारमा कुनै प्राविधिक समस्या छैनः अध्यक्ष ढकाल

Nepal Business

१३ साउन, २०७९

केबुलकारमा कुनै प्राविधिक समस्या छैनः अध्यक्ष ढकाल

काठमाण्डौं । चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरिमा सञ्चालित केबलकारमा कुनै पनि प्राविधिक समस्या नभएको जनाएको छ । चन्द्रागिरी हिल्सmे शुक्रबार चन्द्रागिरिमा पत्रकार सम्मेलन गर्दै चन्द्रागिरि हिल्सले कहिलेकाही विद्युत आपूर्तिमा समस्या हुँदा केबलकार रोकिने गरेको भन्दै केबलकारमा कुनै पनि प्राविधिक समस्या नभएको जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा चन्द्रागिरि हिल्सका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले चन्द्रागिरि केबलकारमा कहिलेकाही विद्युत आपूर्ति बन्द हुँदा र टेक्नोलोजीको हिसाबले केही समय रोकिने जानकारी दिदै केही समस्या आएमा तत्कालै समस्या समाधान गर्ने गरिएको बताउनुभयो ।

उक्त समस्या केवलकारको समस्या नभएर विद्युतका कारण समस्या भएको उहाको भनाई छ । ढकालले प्राविधिक समस्यामा बारेमा बुझाई फरक पर्दा चन्द्रागिरि केवलकारका बारेमा भ्रम सिर्जना भएको जिकिर गर्नुभयो । केहि कारणले बीचमा नै केवरकार रोकिए यात्रुको स्वास्थ्यमा कुनै असर नपर्ने पनि उहाँले बताउनुभयो । 

चन्द्रागिरि हिल्स लिमिटेडले विद्युत्, जेनेटर र इमरजेन्सी ड्राइभबाट केबलकार सञ्चालन गर्ने गरेको र केहि कारणले केबलकार सञ्चालनमा नै आउन नसके मन्दिरमा रहेका व्यक्तिहरुलाई सडकमार्गबाट ल्याउने व्यवस्था पनि गरिएको जनाएको छ ।