१४ बैशाख, २०८१ शुक्रबार

03:18:58 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालको पर्यटन उद्योगलाई प्रतिस्पर्धी बनाउन परिसंघको आग्रह

Nepal Business

२० माघ, २०७९

आज मन्त्रालयमा परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिदै नेपालको पर्यटन प्रबद्र्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालिन एवं दीर्घकालिन रुपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा सुझाव दिएको छ ।

नेपालको पर्यटन उद्योगलाई प्रतिस्पर्धी बनाउन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ ।

आज मन्त्रालयमा परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिदै नेपालको पर्यटन प्रबद्र्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालिन एवं दीर्घकालिन रुपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा सुझाव दिएको छ । 

परिसंघका उपाध्यक्ष राजबहादुर शाहले परिसंघले नेपालको पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर समिति गठन गरेको जानकारी गराउनुभयो । उहाँले नेपालको हवाई भाडा अत्यन्त महङ्गो हुँदा नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि अपेक्षाकृत रुपमा विदेशी पर्यटकहरु आउन नसकिरहेको बताउनुभयो ।

उहाँले हवाई भाडा घटाउनेतर्फ आवश्यक पहल गर्न, राष्ट्रिय ध्वजाबहाक नेपाल वायुुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन, यूरोपियन यूनियनले नेपाललाई राखेको सुुरक्षा सूचीबाट हटाउन आवश्यक पहलका लागि आग्रह गर्नुभयो । 

परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले नेपाल उद्योग परिसंघले सरकारसँग मिलेर अर्थतन्त्रको विकास विस्तारमा काम गर्दै आईरहेको भन्दै पर्यटन उद्योगको विकासका लागि पनि सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताउनुभयो ।