१४ बैशाख, २०८१ शुक्रबार

06:05:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुद्धीकरण विभागमा सम्पत्तीको स्रोत नखुलेका १३६ वटा उजुरी

Nepal Business

१३ साउन, २०७९

शुद्धीकरण विभागमा सम्पत्तीको स्रोत नखुलेका १३६ वटा उजुरी

काठमाण्डौं । गत आर्थिक वर्ष २०७८÷७९ मा शुद्धीकरण विभागमा सम्पत्तीको स्रोत नखुलेका १३६ वटा उजुरी परेका छन् । 

विभागका अनुसार नेपाल राष्ट्र बैंकको वित्तिय सूचना इकाइबाट प्राप्त भएका मुद्दाहरु २० वटा, अन्य व्यक्ति तथा निकायबाट प्राप्त भएका सूचनाहरु १०७ वटा, सम्वद्ध कसुरमा कारवाही चली प्राप्त सूचनाहरु ९ वटा, प्रारम्भिक अनुसन्धान तोकिएका मुद्दाहरु १३६ वटा, अन्य निकायमा पठाइएको १८ वटा रहेका छन् । 

सो अवधिमा तीन वटा मुद्दाहरु विशेष अदालतमा दायर भएको विभागले जनाएको छ । जसका प्रतिवादी १४ जना रहेका छन् । उनीहरु विरुद्ध २६ करोड ४५ लाख ६४ हजार रुपैयाँ कुल विगोको रकम दावी गरेको छ ।

विभागले प्रतिवादी १४ जना विरुद्ध ५१ करोड १५ लाख ४७ हजार रुपैयाँ जरिवाना माग दावी सहित मुद्दा दायर गरेको छ ।