७ मंसिर, २०८१ शुक्रबार

05:57:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुक्रबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

१३ साउन, २०७९

शुक्रबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार पनि सेयर बजारमा बढेको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.९२ अकंले बढेर २१४०.३९ बिन्दुमा बन्द भएको छ । यस दिन २१६ कम्पनीको ५१ लाख ११ हजार ३१० कित्ता सेयर किनबेच हुदाँ २ अर्ब १९ करोड १६ लाख १९ हजार ९१४ रुपैयाँको कारोबार भएको हो ।

सेयर बजारमा हरियाली छाउदा यस दिन शिवम सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको शुक्रबार १२ करोड ८६ लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, लुम्बिनी विकास बैंकको ९ करोड ३४ लाख ३ हजार रुपैयाँ, सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टको ७ करोड ७९ लाख ६४ हजार रुपैयाँ, माहालक्ष्मी विकास बैंकको ६ करोड ८ लाख २१ हजार रुपैयाँ र गोर्खास फाइनान्सको ५ करोड ९६ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ ।