७ मंसिर, २०८१ शुक्रबार

05:27:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कारोबार नै रोक्का रहेको कम्पनीको सेयर मूल्यमा कसरी लाग्यो सकारात्मक सर्किट ?

१३ साउन, २०७९

कारोबार नै रोक्का रहेको कम्पनीको सेयर मूल्यमा कसरी लाग्यो सकारात्मक सर्किट ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज (शुक्रबार) रोक्का रहेको १ कम्पनीको कारोबार भएको देखिएको छ । कम्पनीको कारोबार मात्र भएको छैन यस दिन रोक्का रहेको कम्पनीमा सकारात्मक सर्किट समेत लागेको छ ।

नेप्सेमा शुक्रबार रिलायन्स लाईफ इन्स्योरेन्सको रोक्का रहेको सेयर कारोबार भएर सेयर मूल्यमा सकारात्मक सर्किट समेत लागेको छ ।  सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडसँग मर्जमा जाने सम्झौता गरेपछि दुवै कम्पनीको कारोबार रोक्का भएको थियो तर शुक्रबार नेप्सेमा भने रिलायन्स लाईफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको देखाइएको छ ।

कारोबार रोक्का रहेको रिलायन्स लाईफको सेयर मूल्य शुक्रबार ३३.५० रुपैयाँले बढेर ३६८.५० रुपैयाँ पुगेको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले प्राविधिक वा मानवीय कस्को त्रुटिको कारण रोक्का रहेको रिलायन्स लाइफको सेयर शुक्रबार कारोबारमा आएको हो त्यसको विषयमा अनुसन्धान भइरहेको बताउनुभएको छ ।