१५ बैशाख, २०८१ शनिबार

09:58:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एक वर्षमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कमायो २७ करोड ४८ लाखभन्दा बढि नाफा

Nepal Business

१३ साउन, २०७९

एक वर्षमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कमायो २७ करोड ४८ लाखभन्दा बढि नाफा

काठमाण्डौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक वर्षको अवधिमा २७ करोड भन्दा बढी नाफा कमाएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा यस कम्पनीले २७ करोड ४८ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको हो ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा यस कम्पनीले २२ करोड ५९ लाख ४२ हजार रुपैयाँ थियो। 

यस्तै कम्पनीले गत आर्थिक वर्षमा तीन अर्ब ९७ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षमा कुल बीमा शुल्क आर्जन ३१.८३ प्रतिशलते बढाउन सफल भएको हो ।

अघिल्लो आर्थिक वर्षमा यस कम्पनीले ३ अर्ब एक करोड ४७ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको थियो । 

गत वर्षमा कम्पनीको जीवन बीमा कोषमा ४ अर्ब ६० करोड रुपैयाँ जम्मा भएको छ । दिर्घकालिन कर्जा लगानी ६ अर्ब एक करोड पुर्याएको छ । 

यसैगरी गत वर्षमा ७१ करोड ७७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ । अभिकर्ता कमिशन बापत ५७ करोड ६९ लाख रुपैयाँ खर्च भएको छ ।