१६ बैशाख, २०८१ आइतबार

11:00:37 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

तीन बीमा कम्पनीले सार्वजनिक गरे नयाँ बोनसदर, कुनको कति ?

१२ साउन, २०७९

तीन बीमा कम्पनीले सार्वजनिक गरे नयाँ बोनसदर, कुनको कति ?

काठमाडौं । ३ वटा कम्पनीले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७७। ७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनसम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात् यी कम्पनीहरूले नयाँ बोनस दर सार्वजनिक गरेका हुन् । हालसम्म एशियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र अमेरिकन लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेका हुन् ।

१. मेट लाइफ इन्स्योरेन्स

 मेट लाइफ इन्स्योरेन्सले न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । मेट लाइफले सावधिक जीवन बीमालेख अन्तर्गत बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रूपैयाँ बोनस दर कायम गरेको छ । यस बीमा योजनामा २० वा सो भन्दा माथि बीमा अवधिका लागि ८० रुपैयाँ बोनस दर कायम गरिएको कम्पनीले जानकारी दिएको छ ।

१ देखि ५ वर्ष बीमा अवधिका बीमालेखमा कम्पनीले प्रतिहजार ६० रुपैयाँ र १६ देखि २० वर्षे बीमा अवधिका बीमालेखमा प्रतिहजार ७० रुपैयाँ बोनस दर कायम गरेको छ ।

शिक्षा संरक्षण बीमालेखमा बीतिमले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६० देखि ७० रूपैयाँसम्म बोनस दर पाउने छन् ।

यस्तै, कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेखमा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ४५ रुपैयाँ रअधिकतम ६५ रूपैयाँ बोनसदर कायम गरेको छ । यस बीमा योजनामा २१ वा सो भन्दा माथिका बीमा अवधिका लागि कम्पनीले ६५ रूपैयाँ बोनस दर निर्धारण गरेको छ ।

२ . ज्योति लाइफ इन्स्योरेन्स

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिहजार न्युनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले सावधिक तथा आजीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४३ रूपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस कायम गरेको छ । यस्तै, सावधिक बीमालेख अन्तर्गत न्युनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ  ।

त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४३ रूपैयाँदेखि अधिकतम ५० रूपैयाँसम्म बोनस पाइनेछ । कम्पनीको ज्योती एजी पे जिवन बीमा योजनामा प्रति हजार न्यूनतम २० रूपैयाँदेखि अधिकतम ३० रूपैयाँसम्म बोनसदर निर्धारण गरेको छ  ।

३. एशियन लाइफ इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमितहरुले न्यूनतम ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाउने भएका छन् । सावधिक तथा आजीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ५० रूपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस कायम गरेको छ । यस्तै, कम्पनीको बालबालिकाको सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउनेछन् । कम्पनीले सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस कायम गरेको छ ।

त्यसैगरी, कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीको नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ बीमा योजनामा प्रति हजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ६० रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।