७ मंसिर, २०८१ शुक्रबार
06:05:35 AM
१२ साउन, २०७९
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले मर्जर प्रयोजनका लागि सेयर रोक्कासम्बन्धी निर्देशिका १० दिनभित्र ल्याइने बताउनुभएको छ ।
धितोपत्र बोर्डका अध्यक्ष हमालले आज (बिहीबार) चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मर्जर तथा एक्विजेशनमा जाने संस्थाको सेयर किनबेच एकीकृत कारोबार नहुँदासम्म नहुने नीति हट्ने जनाउनुभएको हो ।
नेपाल राष्ट्र बैकले चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै मर्जर तथा प्राप्तिको समयमा सेयर कारोबार रोक्का गर्ने काम धितोपत्र बोर्डको नियम अनुसार हुने बताएको थियो ।