१० मंसिर, २०८१ सोमबार

03:49:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर लगानीकर्तालाई क्षतिबाट बचाउन कोष सञ्चालन गर्ने धितोपत्र बोर्डको घोषणा

१२ साउन, २०७९

सेयर लगानीकर्तालाई क्षतिबाट बचाउन कोष सञ्चालन गर्ने धितोपत्र बोर्डको घोषणा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर लगानीकर्ताहरुलाई हुन सक्ने संभावित क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउने घोषणा गरेको छ । आज (बिहीबार) चालु आर्थिक वर्षको निती तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्ड अध्यक्ष रमेश हमालले क्षतिपूर्ति कोष सञ्चालनमा ल्याइने घोषणा गर्नुभएको हो ।

धितोपत्र बजारको दायरा बढाउने, बुक बिल्डिङलाई प्रभावकारी बनाउन अटोमेटिक अक्सन सिस्टम लागू गर्ने योजना बोर्डले बनाएको छ । साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीले लगानी गर्न सक्नेगरी सि आश्वाको व्यबस्था गर्ने पनि अध्यक्ष हमालले जनाउनुभएको छ ।