७ मंसिर, २०८१ शुक्रबार
06:20:33 AM
१२ साउन, २०७९
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई १० प्रतिशत सेयर छुट्याइने बताउनुभएको छ ।
आज (बिहीबार) चालु आर्थिक वर्षको निती तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष हमालले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई धितोपत्रको प्राथमिक निष्कासनमा दश प्रतिशत सेयर आरक्षित गर्ने गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा संशोधन गरिने जानकारी दिनुभएको हो ।
साथै, धितोपत्र बोर्डले गानीकर्ताहरूलाई क्षतिपूर्ती दिनका लागि क्षतिपूर्ती कोष बनाउने घोषणा गरेको छ । लगानीकर्ताहरुलाई हुन सक्ने सम्भावित क्षतिबाट जोगाउनका लागि क्षतिपूर्ति कोष बनाइने अध्यक्ष हमालले जनाउनुभयो ।