७ मंसिर, २०८१ शुक्रबार

05:24:54 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा बढ्दा बिहीबार यी कम्पनीको भयो सर्वाधिक

१२ साउन, २०७९

सेयर बजारमा बढ्दा बिहीबार यी कम्पनीको भयो सर्वाधिक

काठमाडौं । साताको पाँचौ कारोबारको दिन बिहीबार सेयर बजारमा सुधार आएको आएको छ । बिहिबार सेयर बजार १५.४४ अकंले बढेर २१२७.४२ बिन्दुमा बन्द भएको छ ।

यस दिन २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँको कारोबार भएको छ । करिब ५ अर्बमाथिको कारोबार भएको सेयर बजारमा बिहीबार अरुण काबेली पावरको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन १७ करोड ९६ लाख ८६ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, सिवम् सिमेन्टको १५ करोड ८६ लाख ३४ हजार रुपैयाँ, अपर तामाकोशी हाइड्रोपावरको १४ करोड १७ लाख ८० हजार रुपैयाँ, अपि पावरको १३ करोड ४८ लाख ११ हजार रुपैयाँ र सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टको १३ करोड १७ लाख ४५ हजार रुपैयाँको कारोबार भएको हो ।