७ मंसिर, २०८१ शुक्रबार

05:39:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

दोहोरो अंकले बढ्यो सेयर बजार, करिब पाँच अर्बको कारोबार

१२ साउन, २०७९

दोहोरो अंकले बढ्यो सेयर बजार, करिब पाँच अर्बको कारोबार

काठमाडौं । साताको पाँचौं कारोबारको दिन आज (बिहिबार) पनि सेयर बजार दोहोरो अंकले बढेको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४४ अकंले बढेर २१२७.४२ बिन्दुमा बन्द भएको छ ।

त्यस्तै, बिहीबार नेप्से परिसूचकसंगै कारोबार रकममा पनि बढेको छ । यस दिन २२१ कम्पनीको १ करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब ९७ करोड ६४ लाख ३३ हजार १०५ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १२५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४६ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक र हिमालयन पावर पार्टनरको शेयरमूल्यमा उच्च वृद्धि भएको हो ।

यस दिन राधी विद्युत कम्पनीको शेयरमूल्य सबैभन्दा बढी घटेको छ । यस कम्पनीको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको हो । त्यस्तै, कारोबारको आधारमा बिहीबार सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको भएको छ । यसको आज १७ करोड ९६ लाख भन्दा बढीको कारोबार भएको छ ।