३१ असार, २०८२ मंगलबार
09:51:07 PM
१२ साउन, २०७९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज (बिहीबार) स्पेशल प्रि ओपन सेसनमा विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ। बिहीबार हाइड्रोपावर कम्पनीको सेयर प्रतिकित्ता ३३४ रुपैयाँमा पहिलो कारोबार भएको हो।
कम्पनीको सेयर हिजो (साउन १२ गते बुधबार) नेप्सेमा सूचीकृत भएको थियो। नेप्सेमा कम्पनीको १ करोड कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको हे।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १ सय ११ रूपैयाँ ३४ पैसादेखि अधिकतम ३ सय ३४ रूपैयाँ २ पैसा ओपनिङ्ग रेञ्ज तोकेको छ । दोस्रो बजारमा कारोबारका लागि कम्पनीले BHDC सिम्बोल प्राप्त गरेको छ ।