७ मंसिर, २०८१ शुक्रबार

08:24:41 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मन्दाकिनी हाइड्रोपावरको आईपीओमा हालसम्म कति पर्यो आवेदन ?

११ साउन, २०७९

मन्दाकिनी हाइड्रोपावरको आईपीओमा हालसम्म कति पर्यो आवेदन ?

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा हालसम्म १ अर्ब ३४ करोड २४ लाख ४ हजार रूपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले  साउन ९ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरिरहेको छ ।

सिडिएसका अनुसार कम्पनीको आईपीओमा बुधबार साँझ ५ बजेसम्म ११ लाख ८३ हजार १० जना लगानीकर्ताहरूले १ करोड ३४ लाख २४ हजार ४० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख ७३ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५८ हजार ८०३ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी १० लाख ९३ हजार ७४९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्मका लागि साउन १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।