७ मंसिर, २०८१ शुक्रबार
08:45:39 PM
११ साउन, २०७९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ सूचिकृत भएको छ । कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) आज (बुधबार) नेप्सेमा सूचिकृत भएको हो ।
नेप्सेमा कम्पनीको १ करोड कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको छ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १ सय ११ रूपैयाँ ३४ पैसादेखि अधिकतम ३ सय ३४ रूपैयाँ २ पैसा ओपनिङ्ग रेञ्ज तोकेको छ । दोस्रो बजारमा कारोबारका लागि कम्पनीले BHDC सिम्बोल प्राप्त गरेको छ ।