७ मंसिर, २०८१ शुक्रबार
05:17:03 AM
११ साउन, २०७९
काठमाण्डौं । साताको चौथो दिन सेयर बजारमा हरियाली छाएको छ । हिजो घटेको सेयर बजार आज बुधबार २३.८३ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार २३.८३ अंकले बढेर नेप्से परिसूचक २ हजार एक सय ११.९९ विन्दुमा पुगेको छ ।
सेयर बजार बढ्दा आज ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ रुपैयाँको कारोबार भएको छ भने ७५ लाख ८ हजार १८८ कित्ता सेयर किनबेच भएका छन् ।
यस्तै आज टे«डिङ बाहेक सबै उपसमुह बढेका छन् । ट्रेडिङ ०.५८ प्रतिशतले घटेको छ ।
कम्पनीहरुमा जानकी फाइनान्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनी र राष्ट्र उत्थान लघुवित्त संस्थामा सकरात्मक सर्किट ब्रेक लागेको छ । नेष्डो ९.९७ प्रतिशत र जाल्पा ९.८४ प्रतिशतले बढेका छन् ।