७ मंसिर, २०८१ शुक्रबार
06:06:47 AM
११ साउन, २०७९
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार बढेको छ । यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.८३ अकंले बढेर २१११.९९ बिन्दुमा बन्द भएको छ ।
बुधबार २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँको कारोबार भएको छ ।
सेयर बजारमा हरियाली छाउदा बुधबार शिवम् सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन १७ करोड ९४ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, अरुण काबेली पावरको १२ करोड ३५ लाख ४३ हजार रुपैयाँ, गोर्खास फाइनान्सको ८ करोड ९२ लाख २१ हजार रुपैयाँ, नेष्डो समृद्धि फाइनान्सको ८ करोड ४८ लाख ४१ हजार रुपैयाँ र युनिर्भसल पावरको ८ करोड ४१ लाख ४ हजार रुपैयाँको कारोबार भएको हो ।