७ मंसिर, २०८१ शुक्रबार

10:02:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

२ दिनपनि टिकेन सेयर बजारको उत्साह ,मंगलबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

१० साउन, २०७९

२ दिनपनि टिकेन सेयर बजारको उत्साह ,मंगलबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं ।  साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा उच्च गिरावट आएको छ । मौद्रिक नीतिपछि निरन्तर दुई दिन बढेको सेयर बजार तेस्रो दिन मंगलबार उच्च अंकले घटेको छ । मौद्रिक नीतिपछि थोरै उत्साहित भएका लगानीकर्ताहरुको उत्साह २ दिन पनि टिक्न सकेन ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.८० अकंले घटेर २०८८.१६ बिन्दुमा बन्द भएको छ । यस दिन २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार २९८ रुपैयाँको कारोबार भएको हो ।

मंगलबार सेयर बजार घट्दा शिवम् सिमेन्टको सेयर सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको १९ करोड ३६ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, अरुण काबेली पावरको १५ करोड ५७ लाख ८ हजार रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १० करोड २४ लाख ५० हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ९ करोड ८० लाख ५९ हजार रुपैयाँ र राधी विद्युत कम्पनीको ८ करोड ३५ लाख २९ हजार रुपैयाँको कारोबार भएको छ ।