७ मंसिर, २०८१ शुक्रबार

11:20:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पनि घट्यो

Nepal Business

१० साउन, २०७९

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार पनि घट्यो

काठमाण्डौं । मौद्रिक नीतिपछि दुई दिन बढेको सेयर बजार तेस्रो दिन मंगलबार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से)का अनुसार सेयर बजार ४४.८० प्रतिशतले घटेर नेप्से परिसूचक २ हजार ८८.१६ मा बन्द भएको छ । 

सेयर बजार घट्दा कारोबार पनि घटेको छ । आज ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँको कारोबार भएको छ भने ८७ लाख ४० हजार ५५१ कित्ता सेयर किनबेच भएका छन् । सोमबार सेयर कारोबार ४ अर्ब नाघेको थियो । 

यस्तै उपसमुहहरुमा सबै घटेका छन् भने कम्पनीहरुमा पल्टिप्रपज फाइनान्स कम्पनी ९.३२ प्रतिशत, सुर्यादय वामी लघुवित्त वित्तीय संस्था ६.७२ प्रतिशत र युनाईटेड मोदी हाइड्रोपावर कम्पनी ६.१९ प्रतिशतले बढेका छन् ।