७ मंसिर, २०८१ शुक्रबार

09:52:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आईपीओ निष्काशन गर्न दुई कम्पनीले धितोपत्र बोर्डबाट पाए अनुमति, कुनको कति ?

१० साउन, २०७९

आईपीओ निष्काशन गर्न दुई कम्पनीले धितोपत्र बोर्डबाट पाए अनुमति, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आईपीओ निष्काशन गर्न दुई कम्पनीलाई अनुमति दिएको छ। धितोपत्र बोर्डले खप्तड लघुवित्त वित्तीय संस्था र इस्टर्न हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो।

 बोर्डले खप्तड लघुवित्तलाई साउन १० गते र इस्टर्न हाइड्रोपावरलाई साउन ९ गते आईपीओ निष्कासनको अनुमति दिएको हो ।

अब खप्तड लघुवित्तले सर्वसाधारणका लागि १०० रुपियाँ अंकित दरका कुल १ लाख ३२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गर्नेछ। लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

त्यस्तै, इस्टर्न हाइड्रोपावरले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ४० हजार कित्ता साधारण सेयर (आईपीओ) स्थानीय र सर्वसाधारणका लागि दुई चरणमा बिक्री गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।