१६ बैशाख, २०८१ आइतबार

12:40:31 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल इन्स्योरेन्सको बोनस सेयरधनीहरूको डिम्याट खातामा जम्मा

१० साउन, २०७९

नेपाल इन्स्योरेन्सको बोनस  सेयरधनीहरूको डिम्याट खातामा जम्मा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरेको छ । कम्पनीको गेठ ३० गते सम्पन्न भएको ७३ औँ वार्षिक साधारण सभाले पारित गरेको ११ प्रतिशत बोनस सेयर जेठ १६ गतेसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।

उक्त मिति पश्चात् सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको हकमा क्रमशः सम्बन्धीत सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरीले कम्पनीले जनाएको छ ।

हालसम्म आफ्नो सेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई सेयर अभौतिकिकरण गरी आफ्नो बोनस प्राप्त गर्नका लागि कम्पनीले आग्रह गरेको छ । त्यस्तै, सेयर धितो राखेका शेयरधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र बोनस वितरण गरिनेछ ।