७ मंसिर, २०८१ शुक्रबार
08:31:34 PM
१० साउन, २०७९
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद पुनः थपिएको छ। कम्पनीले असार १३ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आइपिओ) मा आवेदन दिने समय दोस्रो पटक थप गरिएको हो ।
छिटोमा असार २७ गतेसम्म आवेदन दिन पाइने भनिएकोमा छिटो अवधिमा बिक्री नभएपछि पहिलो पटक म्याद थप गरी साउन १० गतेसम्म आवेदन दिन पाइने व्यबस्था गरिएको थियो । तर यो समयमा पनि आईपीओ बिक्री नभएपछि पूनः समय थप गरी साउन २१ गतेसम्म पुर्याइएको धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
कम्पनीको प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ६८ लाख ४२ हजार १०० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं १ थुमन र वडा नं २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नं ४ गोल्जुङ र वडा नं ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरु वडा नं ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुमा बाँडफाँड गरिनेछ।
आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ७०० कित्ताको लागि आवेदन दिन सक्नेछन् । यो आईपीओको सहनिष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमिटेड रहेका छन्।
लगानीकर्ताहरुले उक्त आईपीओमा विक्री प्रबन्धकसँगै सी– आस्वा सदस्य सेवा प्राप्त गरेका सम्पूर्ण बैँक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।