१६ बैशाख, २०८१ आइतबार

12:33:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

योति लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति बोनस ?

१० साउन, २०७९

योति लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक,  कुन योजनामा कति बोनस ?

काठमाडौं ।  ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को लागि बीमितहरुका लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले बीमा समितिबाट साउन ६ गते स्वीकृत भए अनुसार नयाँ बोनसदर सार्वजनिक गरेको हो । उक्त बोनसदर अनुसार कम्पनीले प्रतिहजार न्युनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४३ रूपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस कायम गरेको छ । यस्तै, सावधिक बीमालेख अन्तर्गत न्युनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ  ।

त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४३ रूपैयाँदेखि अधिकतम ५० रूपैयाँसम्म बोनस पाइनेछ । कम्पनीको ज्योती एजी पे जिवन बीमा योजनामा प्रति हजार न्यूनतम २० रूपैयाँदेखि अधिकतम ३० रूपैयाँसम्म बोनसदर निर्धारण गरेको छ  ।