६ मंसिर, २०८१ बिहिबार
04:49:22 PM
९ साउन, २०७९
चार हजारभन्दा बढी कालिज पालन गर्ने उक्त फार्ममा दिउँसोदेखि रातभर करिब एक हजारभन्दा बढी कालिज मारेको फार्म सञ्चालक मिङ्गुर शेर्पाले बताउनुभयो ।
दोलखा,
दोलखाको भीमेश्वर नगरपालिका–७स्थित मकैबारीमा रहेको कालिज फार्ममा चितुवा पसेर आक्रमण गरेको छ ।
सदरमुकाम चरीकोट बजारको नजिकै फर्ममा दिउँसै चितुवा पसेर आक्रमण गर्दा करिब एक हजारभन्दा बढी कालिज मरेको छ ।
सदरमुकाम चरीकोट बजारको नजिकै फर्ममा दिउँसै चितुवा पसेर आक्रमण गर्दा करिब एक हजारभन्दा बढी कालिज मरेको छ ।
चार हजारभन्दा बढी कालिज पालन गर्ने उक्त फार्ममा दिउँसोदेखि रातभर करिब एक हजारभन्दा बढी कालिज मारेको फार्म सञ्चालक मिङ्गुर शेर्पाले बताउनुभयो ।
फार्ममा काम गर्ने मजदूरले दाना दिने बेलामा कालिज मरेको देखेपछि खोजी गर्दा फार्मभित्र चितुवा भेटिएको थियो ।
दूधपोखरी वाइल्ड लाइफ एग्रो फार्मले विगत दुई वर्षदेखि व्यावसायिकरुपमा कालिज पालन गर्दे आएको थियो ।
फार्मको एक भागमासाना–साना कालिज र अर्को भागमा बेच्न तथा तल्ला उत्पादनका लागि ठू्लो कालिज राखिएकामा बेच्नका लागि योग्य करिब एक हजार कालिज चितुवाले मारेको उहाँले बताउनुभयो ।
चितुवाले केही कालिज समातेर आक्रमण गर्दा मरे पनि धेरै जस्तो कालिज आत्तिइ तार जालीमा ठोक्किएर मरेको पाइएको छ ।
फार्मभित्र चितुवाका कारण करिब रु ४० लाखभन्दा बढीको क्षति भएको छ । कालिजप्रति गोटा तीनहजार ५००देखि चार हजारसम्ममा बिक्री हुँदै आएको र अन्डा परेर चल्ला निकाल्नका लागि राखिएका कालिज मर्दा करिब रु ४०लाखदेखि ४५ लाख मूल्य बराबरको क्षति पुगेको सञ्चालक शेर्पाले उल्लेख गर्नुभयो ।
चारैतिर तार जालीले बारेको फार्मभित्र चितुवा छिरेपछि निस्कने ठाँउ नपाउँदा चितुवाले फार्ममा बढी क्षति गरेको उहाँको भनाइ थियो । फार्मका मजदूरलाई आक्रमण गर्न खोजेकाले स्थानीयवासीले ढु्ङ्गामुढा गर्दा चितुवा सामान्य घाइते भएको थियो ।
घाइते चितुवालाई काठमाडौँबाट आएको टोलीले नियन्त्रणमा लिएको थियो । डिभिजन वन कार्यालयका कर्मचारी र सुरक्षाकर्मीले चितुवा नियन्त्रणमा लिन खोजेपनी नसकेपछि काठमाडौँबाट थप टोली बोलाएर नियन्त्रणमा लिइएको वन कार्यालयका प्रमुख थीरबहादुर कार्कीले बताउनुभयो ।