८ मंसिर, २०८१ शनिबार
06:55:41 PM
९ साउन, २०७९
काठमाण्डौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरीको प्रयोगशालाले संसदीय छानबिन विशेष समितिलाई सीसीटीभी फुटेजको फरेन्सिक रिपोर्ट बुझाएको छ । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको विषयमा गठित संसदीय छानबिन विशेष समितिलाई प्रहरीले सोमबार परीक्षण रिपोर्ट बुझाएको हो ।
बजेट निर्माणको दिन जेठ १४ गते मन्त्रालयको सीसीटीभी फुटेज मेटाएको आरोप समेत पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई लागेको छ । उपभोक्ता हित संरक्षण मञ्चले १४ गतेको फुटेज माग गर्दा अर्थ मन्त्रालयले १३ दिनको मात्र फुटेज क्षमता भएको भन्दै पत्र पठाएको थियो । त्यसपछि झन् शंका गर्न थप बल पुगेको थियो।
अरु व्यक्तिको प्रवेश भए नभएको अनुसन्धान गर्न समितिले आइतवार सिंहदरबाको पश्चिम र दक्षिण गेटको सीसीटीभी फुटेज माग गरेको हो ।
जेठ १४ गते दिउँसो १२ बजेदेखि २४ घण्टाभित्रको फुजेट माग गरेको हो । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर भएको आरोप लागेपछि शर्माले असार २२ मा पदबाट राजीनामा दिनुभएको थियो । सोही दिन ११ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।