७ मंसिर, २०८१ शुक्रबार

10:20:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

४ अर्बमाथिको कारोबार हुँदा सोमबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

९ साउन, २०७९

४ अर्बमाथिको कारोबार हुँदा सोमबार यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार उछाल आएको छ । नेपाल राष्ट्र बैंकले गत शुक्रबार (साउन ६ गते)  मौद्रिक नीति सार्वजनिक गरेसँगै सेयर बजार बढ्न थालेको हो । लगानीकर्ताहरुको केही माग मौद्रिक नीतिमार्फत सम्बोधन भएसँगै उनिहरुमा उत्साह थपिको हो । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.४५ अकंले बढेर २१३२.९६ बिन्दुमा बन्द भएको छ ।

यस दिन २१४ कम्पनी ९९ लाख ४४ हजार ४८ हजार कित्ता सेयर किनबेच हुदाँ ४ अर्ब १० करोड ५८ लाख १८ हजार ९४१ रुपैयाँको कारोबार भएको छ ।
सेयर बजार बढ्दा सोमबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन१५ करोड २९ लाख २५ हजार रुपैयाँको कारोबार भएको हो ।

साथै, अरुण काबेली पावरको १४ करोड ५१ लाख १५ हजार रुपैयाँ, एनटिसिको ११ करोड ५१ लाख ७ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ११ करोड ४९ लाख ८४ हजार रुपैयाँ र उपर तामाकोशी हाइड्रोपावरको १० करोड ६० लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।