१० मंसिर, २०८१ सोमबार

09:53:49 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेयर बजार ५४.४५ अंकले बढ्यो, कारोबार ४ अर्ब नाघ्यो

Nepal Business

९ साउन, २०७९

सेयर बजार ५४.४५ अंकले बढ्यो, कारोबार ४ अर्ब नाघ्यो

काठमाण्डौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार ५४.४५ अंकले बढेर दुई हजार एक सय ३२.९६ विन्दुमा बन्द पुगेको छ। 

आइतबार पनि नेप्से ६१.०५ अंकले बढेर दुई हजार ७८ दशमलब ५१ विन्दुमा बन्द भएको थियो ।  

आज कारोबार रकममा पनि बढेको छ । आज नेप्सेमा चार अर्ब १० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा दुई अर्ब ७३ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

आइतबार कारोबार भएका कम्पनीमध्ये १७६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने एक वटा कम्पनीको सेयरमूल्य घटेको छ । यसमध्ये ७ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, ११ कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने ६ कम्पनीको सेयरमूल्य ८ प्रतिशतले बढेको छ ।  

नेप्सेका अनुसार आज मञ्जुश्री फाइनान्स डिभेञ्चरको मूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको सेयरमूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो । 

यस्तै कारोबारको सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । कम्पनीले १५ करोड २९ लाख भन्दा बढीको कारोबार गरेको छ ।