७ मंसिर, २०८१ शुक्रबार

08:56:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्वेत गंगा हाइड्रोको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

९ साउन, २०७९

श्वेत गंगा हाइड्रोको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि साउन ८ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा अन्तिम दिनसम्म मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ ।

सीडीएसका अनुसार कम्पनीको आईपीओमा आइतबार साँझ ५ बजेसम्म १६ लाख ३ हजार ७ सय ७२ जना लगानीकर्ताहरूले १ अर्ब ८२ करोड ३९ लाख २७ हजार रूपैयाँ बराबरको १ करोड ८२ लाख ३९ हजार २ सय ७० कित्ता सेयरका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा  ७.९३ गुणा बढी हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २२ लाख ७० हजार २५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको हुनाले १० कित्ता सेयर पाउन पनि भाग्यमा नै भर पर्नुपर्ने देखिन्छ ।