७ मंसिर, २०८१ शुक्रबार

08:49:31 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राधी विद्युत कम्पनीले बोलायो साधारणसभा, लगानीकर्ताको हात खालि

९ साउन, २०७९

राधी विद्युत कम्पनीले बोलायो साधारणसभा, लगानीकर्ताको हात खालि

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको साउन ८ गते बसेको सञ्चालक समिती बैठकको निर्णय अनुसार आफ्नो १४ औँ बार्षिक साधारणसभा साउन ३० गते कम्पनीको कार्यलय त्रिपुरेश्वर काठमाडौँमा बिहान ११ः३० बजेदेखि भर्चुअल माध्यामबाट सुरु हुने छ । कम्पनीको लाभांश घोषणा गरेको छैन । त्यसकारण यो बर्ष सेयरधनीको हात खालि हुने छ ।

ुसभामा संचालक समितिको आर्थिक वर्ष २०७७।७८ को बार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७८र७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार साउन १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागिता हुन सक्नेछन्।