७ मंसिर, २०८१ शुक्रबार

11:24:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राप्ती हाइड्रोको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

९ साउन, २०७९

राप्ती हाइड्रोको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं ।  राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) आज (सोमबार) निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २३ करोड ६६ लाख बराबरको २३ लाख ६६ हजार २४० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २१ लाख ७६ हजार ९४० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

आईपीओमा १४ लाख ९१ हजार ७२२ आवेदकबाट कुल १ करोड ६२ लाख ७६ हजार ६१० कित्ता सेयर माग भएको थियो। जसमा १४ लाख ९० हजार २९८ आवेदकबाट परेको १ करोड ६२ लाख ५९ हजार २४० कित्ता सेयर सदर भएको छ भने १ हजार ४२४ आवेदकबाट परेको १७ हजार ३७० कित्ता सेयर रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार २ लाख २७ हजार ६९४ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। भने १२ लाख ७२ हजार ६०४ आवेदको हात खाली भएको छ।

कम्पनीको आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । आईपीओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट https://www.siddharthacapital.com/,  सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र राप्ती हाइड्रो कम्पनीको वेबसाइट https://raptihydro.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।